२ हजार पुराना गाडीलाई नियन्त्रणमा लिइने

२ हजार पुराना गाडीलाई नियन्त्रणमा लिइने


सरकारले २ हजार पुराना गाडीलाई नियन्त्रणमा लिने तयारी गरेको छ ।

चैत १ गतेदेखि २० वर्ष पुराना गाडी चल्न नदिने सरकारको योजना अनुरुप झण्डै २ हजार पुराना सवारीलाई सरकारले फगुन भित्रै नियन्त्रणमा लिने तयारी गरेको हो ।  यातायात व्यवस्था विभागले त्यस्ता सवारीलाई नियन्त्रणमा लिन ट्राफिक प्रहरीलाई सर्कुलेशन गरिसकेको छ ।

‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँच वर्षे रणनीतिक कार्ययोजना’अनुसार पुराना गाडी हटाउन लागिएको विभागले जनाएको छ । उपत्यकामा ६ महिना पहिलेदेखि नै २० वर्ष पुराना सार्वजनिक यातायात प्रयोग गर्न निषेध भइसकेको छ ।

फागुन ३० गतेभित्रै सरकारले २० वर्ष पुराना देशभर सार्वजनिक सवारी साधन चल्न नदिने नीति लिएको छ । यता, वायु प्रदुषण नियन्त्रण गर्ने उदेश्यले पनि सरकारले पुराना गाडी हटाउन लागेपनि यातायात व्यवसायीहरुले भने क्षतीपुर्ती माग राखि सरकारको निर्णय नमान्ने बताउँदै आएका छन् ।