मधुमेह र हृदयरोगबाट बचाउँछ बदामले

मधुमेह र हृदयरोगबाट बचाउँछ बदामले


दिनहुँ बदाम खानाले मधुमेह र हृदयरोगबाट बच्न सकिने अनुसन्धानबाट थाहा भएको छ । दिनहुँ बदाम खानाले ‘टाइप टु’ मधुमेहबाट बच्न सकिने विशेषज्ञले दाबा गरेका छन् । समाचारपत्र डेली मेलले हृदयरोगीका लागि पनि बदाम निकै लाभदायिक हुने बताएको छ । अमेरिकन कलेज अफ न्युटि्रसनको रिपोर्टअनुसार खासगरी इन्सुलिन या हार्मोनको क्षमताको कमीले गर्दा कोसिकामा ग्लुकोजको प्रभाव कम हुने र शरीरमा ऊर्जा कम हुन्छ । मधुमेह नियन्त्रण नहुँदा रगतमा ग्लुकोज र बोसोको मात्रा बढ्ने र अन्य अङ्गहरूलाई पनि प्रभावित पार्ने काम गरिरहेको हुन्छ ।
बदामको रहस्य र फलदायी भूमिकाको बारेमा पत्ता लगाउन युनिभरि्सटी अफ मेडिसिन एन्ड डेस्ट्रीका अनुसन्धानकर्ताहरूले भर्खरै मधुमेहका सिकार बनेका ६५ जना बिरामीमा बदाम खुवाएर प्रशिक्षण गरेका थिए । उक्त प्रशिक्षणमा बदाम नखाने बिरामीभन्दा बदाम खाने बिरामीको इन्सुलिनमा निकै सुधार आएको थियो । साथै बिरामीको एलडीएल कोलेस्ट्रोलमा पनि निकै कमी आएको थियो । बदामको बारेमा अनुसन्धान गरिरहेका माइकल विनले बदाम खानाले ‘टाइप टु’ मधुमेहको खतरा कम हुने र हृदयरोगीका लागि फाइदा हुने बताएका छन् । विनले बदाम मधुमेहका पुराना बिरामीका लागि निकै फलदायी सिद्ध हुने पनि प्रस्ट पारेका छन् ।

मोटो कम्मरकी महिलामा क्यान्सरको खतरा
यदि तपाईं महिला हुनुहुन्छ र तपाईंको कम्मर पनि मोटो छ भने होसियार हुनुहोस् । मोटो कम्मर हुने महिलालाई क्यान्सरको खतरा हुने अनुसन्धानबाट पत्ता लागेको छ । यदि तपाईंहरू क्यान्सरबाट टाढा रहन चाहनुहुन्छ भने आजैदेखि कम्मर र आसपासमा लागेको मासुको थुप्रो हटाउन लागिहाल्नुहोस् । मोटो कम्मरकै कारणले क्यान्सरबाट पीडित हुनुभन्दा समयमै बुद्धि पुर्‍याउनुहोस् । कसरी दुब्लो होइन्छ, स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस् । हालै गरिएको एक अनुसन्धानबाट ४४ प्रतिशत महिलामा उनीहरूको मोटो कम्मरले गर्दा क्यान्सरको खतरा भएको पुष्टि भएको छ । महिलाको तुलनामा पुरुषहरूमा भने यो खतरा ३२ प्रतिशत मात्रै रहेको छ ।
समाचारपत्र डेली मेलका अनुसार राम्रो स्वास्थ्यका लागि महिलाको कम्मरको चौडाइ ३१.५ इन्च -८० सेन्टिमिटर)भन्दा कम हुनुपर्ने बताएको छ । त्यस्तै पुरुषको कम्मरको चौडाइ ३७ इन्च अर्थात् ९४ सेन्टिमिटर) र रसियाली पुरुषको कम्मर ३५ इन्च -९० सेन्टिमिटर) भन्दा कम हुनुपर्ने विशेषज्ञले बताएका छन् । वर्ल्ड क्यान्सर रिर्सच फ्रन्डका प्रवक्ताले मोटो कम्मर भएका महिलालाई विभिन्न क्यान्सरको खतरा हुने भन्दै दुब्लो हुनका लागि सल्लाह दिएका छन् । मोटो कम्मरका कारणले पाठेघर, स्तन, अग्नासन र आँतको क्यान्सर हुनुको साथै मधुमेह र हृदयरोग पनि हुने फ्रन्डका प्रवक्ताले बताएका छन् ।

लसुन र प्याज खाई बाथबाट टाढा बसौँ
तपाईं बाथ रोगबाट पीडित हुनुहुन्छ भने अब ढुक्क हुनुहोस् । यसको सहज र सरल उपचार पत्ता लागेको छ । साधारणतया लसुन, प्याज खाँदा सास गन्हाउने समस्या हुने भए पनि यसको उपभोगले मानिसको स्वास्थ्यमा निकै सकारात्मक प्रभाव पार्ने थाहा भएको छ । लसुन, प्याजले मानव स्वास्थ्यको बारेमा पार्ने प्रभावका बारेमा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरूले बाथ रोगका लागि लसुन, प्याज निकै फाइदाजनक हुने बताएका छन् । लसुन, प्याजलाई खानपिनमा अत्यधिक रूपमा सेवन गरेर खाँदा विभिन्न रोग निको हुनुको साथै बाथरोग अर्थात् चिसोबाट हुने सम्पूर्ण रोग निको हुने थाहा भएको छ । वर्तमान अवस्थामा बाथरोगबाट लगभग १० करोड मानिस पीडित रहेकोमा यो अनुसन्धानबाट केही हदसम्म समस्या समाधान हुने अनुसन्धानकर्ताले विश्वास लिएका छन् । अनुसन्धानकर्ताले बाथरोगले पुरुषभन्दा महिलालाई बढी गाँज्ने भएकोले महिलालाई लसुन-प्याजको अत्यधिक सेवन गर्न भनेको छ । जसले गर्दा कम्मर, घुँडा, जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने अनुसन्धानकर्ताको दाबी छ ।
– नविन उपे्रती