लगन आगलागी अपडेट : हराइरहेका जीवनकाजी मृत अवस्थामा भेटिए

लगन आगलागी अपडेट : हराइरहेका जीवनकाजी मृत अवस्थामा भेटिए


शनिबार बिहान साढे ३ बजेतिर लागेको आगलागीमा परी ६५ बर्षीया जीवनकाजी श्रेष्ठको जलेर मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनचोकस्थित अमृतलाल रञ्जित र अमृत नारायण महर्जनको घरमा आगलागी भएको हो ।

आगलागीका कारण दुईवटै घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीवनकाजी श्रेष्ठको परिवार रञ्जितको घर भाडामा लिएर बस्दै आएका थिए ।

आगलागीमा परी श्रेष्ठका छोरा प्रविण सामान्य घाइते भएका छन् । परिवार स्रोतका अनुसार श्रेष्ठ प्यारालाइसिसको बिरामी थिए । बिरामी भएका कारण घर बाहिर निकाल्न नसकिएको बुझिएको छ ।