७ नं प्रदेशमा मूख्यमन्त्रीको शपथग्रहण हुँदै

७ नं प्रदेशमा मूख्यमन्त्रीको शपथग्रहण हुँदै


७ नं प्रदेशका मूख्यमन्त्रीको आज शपथग्रहण हुँदैछ । मूख्यमन्त्री त्रिलोचन भट्टको शनिबार दिउँसो ३ बजे उनकै कार्यकक्षमा पद तथा गोपनीयताको शपथ गराइने भएको हो ।

प्रदेश मुख्यसचिव लक्ष्मीराम पौडेलका अनुसार प्रदेश प्रमुख मोहनराज मल्लले शपथग्रहण गराउन लागेका हुन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टलाई ३५ जना सांसदको समर्थन रहेको थियो । शपथग्रहण सँगै सरकार बिस्तार गर्ने योजना बनाइएपनि को मन्त्री हुने भन्ने विषयमा टुंगो नलागेको बताइएको छ ।

स्रोतका अनुसार प्रदेशमा रहने ७ मन्त्रालयमध्ये माओवादीले २ र एमालेले ५ मन्त्रलायको जिम्मेवारी लिने गरी भागबण्डा भइसकेको छ ।