पार्टी एकतलाई अन्तिम रुप दिनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक आइतबार बस्ने भएको छ । प्याकेजमा सहमति खोजी दुबै पार्टीलाई एकता गर्नका लागि संयोजन समितिको बैठक बस्न लागेको हो ।
पार्टी एकताको विधिलगायत विषयमा विवाद भएपछि गत बुधबार वाम एकता संयोजन समिति सहमतिमा पुग्न सकेको थिएन । आइतबार पुनः छलफल गर्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको थियो ।
दुई दलबीच विद्यमान असहमतिको ‘डेडलक’ हटाउने विश्वास दुवै दलका नेताको विश्वास रहेको एमाले स्रोतले जनाएको छ ।
एमाले नेताहरुका अनुसार सहमतिबाटै समाधान निस्कनेमा आफूहरु विश्वस्त रहेका छौं । उनिहरुले जसरी भएपनि पार्टी एकता हुनेछ । यसमा कुनै दुविधा भने नरहेको एमाले नेताहरु बताउँछन् । पार्टी एकता नभएका कारण र थप अन्योलता देखिएको भन्दै माओवादी केन्द्र सरकारमा सहभागि भएको छैन् ।
प्रतिक्रिया