नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष प्रचण्डलाई चयन गरेको छ ।
आइतबार (आज) बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले पार्टीका समानुपातिक तर्फ विजयी सांसदलाई प्रमाणपत्र समेत वितरण गरेको छ ।
त्यस्तै बैठकमा पार्टी एकता तथा आगामी रणनीतिबारे छलफल भएको पार्टीका नेता देवेन्द्र पौडेलले जानकारी दिए । यससँगै प्रचण्डलाई प्रधानमन्त्री बन्न बाटो खुलेको छ । समाचार शूत्रहरुका अनुशार एमाले–माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भैसकेको छ ।
प्रतिक्रिया