ओली आज बालुवाटार सर्ने

ओली आज बालुवाटार सर्ने


नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट बालकोट छाड्ने भएका छन् । प्रधानमन्त्री  ओलीले आज  बालकोट छाड्ने र सरकारी निवास बालुवाटार सर्ने कार्यक्रम रहेको छ ।

आज अपराह्न ४ बजे सरकारी निवास सर्ने ओलीले तयारी गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्रीको स्वागतका लागि बालुवाटारमा व्यवस्थापनको काम भइरहेको जनाइएको छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छाडेका थिए।