नेपाल–भारत प्रबुद्ध समूहको आउँदो बैठक काठमाडौंमा बस्ने भएको छ । नेपाल–भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित दुईपक्षीय प्रबुद्ध समूहको आउँदो बैठक काठमाडौंमा बस्ने तय भएको हो ।
बैठक यहि फागुन ११ र १२ गते काठमाडौंमा बस्ने छ । दुई देशमा आलोपालो गरी बैठक बस्ने चलन अनुसार यसपटकको बैठक नेपालमा बस्न लागेको छ । यसअघि गएको जनवरीमा भारतको नयाँ दिल्लीमा बैठक भएको थियो ।
काठमाडौंमा हुने यसपटकको बैठकमा यसअघिका बैठकमा भएका मौखिक र लिखित छलफलका आधारमा तयार पारिएको मस्यौदा आदान–प्रदान हुने स्रोतले जानकारी दिएको छ ।
प्रबुद्ध समूहमा नेपालको नेतृत्व पूर्व मन्त्री तथा कुटनीतिज्ञ डा.भेषबहादुर थापाले गर्नेछन् भने भारतीय समूहको नेतृत्व भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले गर्दै छन् । गएको पुस २६ र २७ गते नयाँ दिल्लीमा भएको बैठकमा नेपाल–भारतबिच भएका पुराना सन्धि सम्भौताको पुनरावलोकन गर्ने विषयमा छलफल भएको थियो ।
मुलुकको ४१ औं प्रधानमन्त्रीका रुपमा केपी ओली चयन भए लगत्तै काठमाडौंमा बस्ने लागेको उत्त बैठकलाई महत्वकासाथ हेरिएको छ ।
प्रतिक्रिया