विप्लव सम्बद्ध स्वास्थ्य श्रमिक संघ माओवादी केन्द्रमा बिलय भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्वास्थ्य श्रमिक संघ ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)मा बिलय भएको हो ।
‘नेकपा’ निकट अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य श्रमिक संघका केन्द्रीय संयोजक भीमसेन बुढाथोकीसहितका बहुमत पदाधिकारी र केन्द्रीय सदस्यहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूलाई ‘प्रचण्ड’ले पेरिसडाँडामा विशेष कार्यक्रम गरेर पार्टीमा भित्र्याएको बुझिएको छ ।
‘नेकपा’को पछिल्ला राजनीतिक गतिविधिप्रति असहमति जनाएर पार्टी छाड्नेहरू बढ्दै गएका छन् । ‘नेकपा’का नेता तिलक मल्ल ‘क्षितिज’सहितका नेताहरूले पनि पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् ।
‘नेकपा’को प्रभावशाली संगठन जनस्वयं सेवकका तत्कालीन संयोजक झकबहादुर मल्ल मल्ल ‘सुदीप’ले पनि पार्टी छाडि सकेका छन् । यसले विप्लव माओवादीलाई ठूलो धक्का दिएको छ ।
प्रतिक्रिया