पार्टी एकता र सरकार सञ्चालनबारे सहमति जुटाउन भन्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको निर्णयक भनिएको वार्ता सुरु भएको छ ।
भक्तपुर स्थित एक व्यवसायीको घरमा सुरु भएको ओली प्रचण्डबीचको वार्ता केही बेर अघि सुरु भएको हो । वार्ता प्रचण्ड नजिकका व्यवसायी दुर्गा प्रसाईँको भक्तपुरको पुरानो ठिमीस्थित घरमा सुरु भएको छ ।
यसअघि ललितपुरस्थित शारदा अधिकारीको घरमा वान टु वान वार्ता गरेका ओली र प्रचण्डले आइतबारबाट घर फेरेका हुन् । अधिकारीको घर साँघुरो भएकाले फेरेको नेताका सहयोगिहरुले बताएका छन् ।
आइतबार ओली प्रचण्डबीच पार्टी एकता र सरकार सञ्चालनबारे निर्णयक छलफल हुने बताइएको छ । सुविधासम्पन्न पार्टी कार्यालयहरु छोडी नेताहरु व्यवसायीको घरमा वार्ताका निम्ति जुटेका हुन ।
प्रतिक्रिया