विप्लव सम्बद्ध संगठनको कार्यक्रममा प्रहरीको ज्यादती देखिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्बद्ध आजदेखि सुरु हुन लागेको राष्ट्रिय युवा जनस्वयंसेवक संगठनको तेस्रो महाधिवेशनमा प्रहरीको ज्यादती देखिको हो ।
प्रशासनले कार्यक्रम नगर्नू भनी दिएको निर्देशनलाई अटेर गरेको भन्दै प्रहरीले कार्यक्रम बिथोलेको जनाइएको छ । प्रहरीले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पदम राईसहित ३५ भन्दा बढी केही नेता कार्यकर्तालाई समेत पक्राउ समेत गरेको छ ।
पक्राउ परेकाहरुको यकीन संख्या भने प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, मोरङले अमरदह, कानेपोखरी, निमुवा, विराट चोक लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ । नेकपाले भने आफ्नो शान्तीपूर्ण महाधिवेशनलाई राज्यले रोकेको भन्दै आक्रोस पोखेको छ ।
प्रतिक्रिया