प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाइएको छ ।
बैठकले प्रधानमन्त्रीका केही सहयोगी तथा सल्लाहकार नियुक्त हुने सम्भावना छ ।
हाल सरकारमा दुई मात्र मन्त्री छन् । लालबाबु पण्डित जनसंख्या र थममाया थापा महिला तथा बालबालिका मन्त्री छन् ।
माओवादी केन्द्रले सरकारमा मन्त्री पठाइसकेको छैन । आइतबारको मन्त्रिपरिषद् बैठक लगत्तै ओली बालुवाटारस्थित सरकारी निवास सर्नेछन् ।
प्रतिक्रिया