राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पदबाट मुक्त हुने तयारी गरेका छन् ।
शेरबहादुर देउवाको कार्यकालमा ६ महिनाअघि योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका वाग्लेले सरकार परिवर्तन भएसँगै राजीनामा बुझाउने तयारी गरेका हुन् ।
स्रोतका अनुसार उनले आफ्नो राजीनामा पत्र गोजीमा बोकेर हिँडेका छन् । प्रधानमन्त्रीले समय दिएको खण्डमा आजै राजीनामा दिने उनको तयारी रहेको बुझिएको छ ।
प्रतिक्रिया