नेपाली काङ्ग्रेस प्रदेश नं. ५ को संसदीय दलको नेतामा सर्वसहमति हुन नसकेपछि यही फागुन १४ गते निर्वाचन हुने भएको छ ।
संसदीय दलको नेताको लागि धेरैले इच्छा देखाएपछि चुनाव गर्नैपर्ने अवस्था निम्तिएको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले बताए ।
उनका अनुसार प्रदेश संसदीय दलको नेताको लागि पाँचजनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ताको समय तोकिएको अवधिमा बलदेव शर्मा पोखरेल, वीरेन्द्रकुमार कनौडिया, डिल्लीबहादुर चौधरी, वीरबहादुर राना र फकरुद्दिन खानको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
आगामी १४ गते दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको र सोही दिन दिउँसो ३ बजेदेखि ६ बजेसम्म मतदान हुने समेत थापाले बताए ।
प्रतिक्रिया