स्वास्थ्य क्षेत्रमा चरम विकृति

स्वास्थ्य क्षेत्रमा चरम विकृति


पछिल्लो समय स्वास्थ्य क्षेत्रमा चरम विकृती पैदा भएको छ । जनताको मौलिक हक अन्तर्गत स्वास्थ्य क्षेत्र पर्ने गरेतापनि यस क्षेत्रमा विकृतीले सीमा नै नाघेको हो ।

सरकारी तथ्यांक अनुशार चालु आर्थिक वर्षको ६ महिनामा झन्डै चार सय फार्मेसी, क्लिनिक तथा डेन्टल अस्पतालहरू अनुगमन गरिएकोमा प्रायःमा कैफियत भेटिएको छ ।

यस्तै, गम्भीर लापरबाही गरेको भन्दै सरकारले झन्डै पाँच दर्जन फार्मेसी, क्लिनिक तथा डेन्टल अस्पतालहरूमाथि कारवाही समेत गरेको छ । सरकारी अनुगमन टोलीका अनुशार अनुगमनका क्रममा अधिकांश फार्मेसी, क्लिनिकहरू दर्ताबिनै सञ्चालनमा आएको र केही दर्ता गरे पनि नवीकरण नै भएको पाइएको छ भने कतिपयले न्यूनतम पूर्वाधार पूरा नगर्ने गरेको पाइएको छ ।

सरकारले हालै मात्र सामाखुसीको कन्काई, गोर्खा, फेवा आयुर्वेद फर्मामा पनि सञ्चालक स्वयंको जिम्मामा रहने गरी सिलबन्दी गरेको थियो ।

पुरानो बानेश्वरको सार्थक हेल्थ केयर, मध्यबानेश्वरको लाइफ इन्टरनेसनल क्लिनिक, काँडाघारीको हेलेना विनायक डेन्टल हस्पिटल, कुशल डेन्टल क्लिनिकले पनि स्वास्थ्य कार्यालयको स्वीकृतिबिना सञ्चालन गरेकाले सिलबन्दी गरिएको छ । सरकारले सिल गरिएका स्वाथ्य संस्थाहरुलाई न्यूनतम मापदण्ड पुरा गर्न निर्देशन दिएको छ ।