६ महिनामा झन्डै ४० अर्ब निकासा

६ महिनामा झन्डै ४० अर्ब निकासा


अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा झन्डै ४० अर्ब निकासा गरेको छ ।

मन्त्रालयले अर्थ विविध र रकमान्तर शीर्षकबाट ३७ अर्ब ४४ करोड रुपैयाँ थप बजेट निकासा गरेको हो ।
मन्त्रालयले प्रतिनिधिमण्डल तथा विशिष्ठ व्यक्तिको भ्रमण, स्वागत खर्च, आर्थिक सहायता, भन्सार फिर्ता र भैपरी आउने साधारण प्रशासन खर्चलगायत शीर्षकमा यो रकम निकासा गरेको अर्थ मन्त्रालय स्रोत बताउछ ।

रकम बजेट वक्तव्य र रातो किताबमा नपरेका कार्यक्रमका लागि निकासा भएको हो । सबै मन्त्रालयलाई विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा आगामी वर्षको बजेट आउनु अगावै अर्थमा कार्यक्रम समावेश गर्नुपर्ने व्यवस्था गरे पनि थप बजेट विनियोजन रोकिन सकेको छैन ।

अर्थका अनुसार हाल पनि खर्बभन्दा बढी थप बजेट माग आएको छ । तर, सबै रकम दिन सकिने अवस्था छैन ।