सपोर्ट फाउण्डेसनद्वारा स्लिपिङ ब्याग वितरण

सपोर्ट फाउण्डेसनद्वारा स्लिपिङ ब्याग वितरण


विभिन्न सामाजिक क्रियाकलापमा संलग्न रहँदै आएको सपोर्ट फाउण्डेसन नेपालले रसुवाका विद्यार्थी एवमे जेष्ठनगारिकहरूलाई राहत सामग्री प्रदान गरेको छ । रसुवाको भोर्ले गाउँपालिकास्थित श्री सुर्योदय प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरूलाई संस्थाले स्लिपिङ ब्याग एवम् चित्रकलासम्बन्धी सामग्री वितरण गरेको हो ।

रसुवाको भोर्ले गाउँपालिका ०७२ वैशाख १२ को भूकम्पबाट अति प्रभावित स्थानमध्येको एक हो । उक्त संस्थाले वितरण गरेको राहत सामग्री (६५ वटा स्लिपिङ ब्याग) एक भारतीय आइएनजीओ ‘सर्राफ फाउण्डेसन’द्वारा उपलब्ध गराइएको बताइएको छ भने सपोर्ट फाउण्डेसनद्वारा चित्रकलासम्बन्धी सामग्रीहरू (कलर र स्केज प्याड) थप गरी वितरण गरेको थियो ।

सपोर्ट फाउण्डेसन नेपालले आयोजना गरेको सो कार्यक्रममा संस्थाका अध्यक्ष अभिशेष उपाध्यायले अति दुर्गम स्थानका अत्यन्त विपन्न समुदायका बालबालिका तथा वृद्धवृद्धालाई थोरै भए पनि सहयोग गर्न पाउँदा व्यक्तिगत र संस्थाको तर्फबाट पनि आफूले गौरवको अनुभूति भएको बताउनुभयो । साथै, यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर जारी रहने उहाँको भनाई थियो ।

वितरण गरिएको स्लिपिङ ब्याग एकपटकमा चार जनासम्मले उपयोग गर्न सकिने जानकारी दिनुका साथै दातृसंस्थाले चित्रकला सामग्री वितरण गर्नुको उद्देश्य गाउँका बालबालिकाहरूलाई विद्यालय आउन लागि प्रेरित गर्नुका साथै रमाइलो वातावरणमा पठनपाठनको माहोल सिर्जना गर्न रहेको जनाएको छ ।

उल्लिखित सामग्री सम्बन्धित वडाअध्यक्षको उपस्थितिमा वितरण गरिएको थियो ।