क्रिकेट खेलाडी ऐरीलाई ग्लोबलले गऱ्यो प्रायोजन

क्रिकेट खेलाडी ऐरीलाई ग्लोबलले गऱ्यो प्रायोजन


ग्लोबल आइएमई बैंक लिमिटेडल आफ्नो ११औँ वार्षिक उत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महत्वपूर्ण योगदान पु¥यायबापत सम्मानस्वरुप नेपाली राष्ट्रिय टिमका सदस्य एवम् अन्डर नाइन्टिन टिमका कप्तान दिपेन्द्र सिंह ऐरीलाई एक वर्षको लागि प्रयोजन गरेको छ । ग्लोबल आइएमई बैंक लि. को रजिष्टर्ड कार्यालय कमलादीमा आयोजित एक समारोहका बीच बैंकले ऐरीलाई प्रयोजन गरेको घोषणा गरेको हो । प्रायोजनपछि बैंकले ऐरीलाई एक वर्षका लागि रु. ४,००,००० (मासिक रु. २०,००० हजार र बाँकी रकमको स्पोर्टस किट्स) प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंक लिमिटेडको कार्यालयमा विहिबार आयोजित कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाली क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह एरीलाई सम्मान गरेको बताए । उनले नेपाली क्रिकेट टोलीले नामिबियामा भएको विश्व क्रिकेट लिग–डिभिजन २ मा गरेको उल्लेखनीय प्रदर्शनको प्रशंसा गर्दै आउँदो विश्वकपको लागि हुने क्वालिफायर्सका लागि शुभकामना र अग्रिम बधाई पनि व्यक्त गरे ।

समारोहमा क्रिकेट खेलाडी ऐरीले बैंकले आफुप्रति देखाएको सम्मानले आफु उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्नको लागि अझ बढि प्रेरणा मिलेको बताउनुभएको थियो ।

सोही समारोहमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटप्रति कर्पोरेट हाउसहरुले देखाएको सम्मानले आफुहरुलाई थप उर्जा प्रदान गरेको बताउँदै आगामी दिनमा पनि नेपाली खेलाडीहरुलाई माया र सम्मानको अपेक्षा व्यक्त गरे । साथै उनले ऐरीलाई ग्लोबल आइएमई बैंक लि.ले गरेको प्रयोजनप्रति खुशी व्यक्त गरे ।

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकका हरेक क्षेत्र र वर्गसम्म सेवा पुर्याउने उद्देश्यले ७ वटै प्रदेशमा ११५ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७२ शाखा रहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आउनुका साथै बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आएको छ ।