मन्त्रीको नाम टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बस्दै

मन्त्रीको नाम टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बस्दै


अहिले विहान ९ बजेदेखि एमाले स्थायी समिति बैठक बसिरहेको छ । एमालेले आफ्ना मन्त्रीहरुका नाम छान्नका लागि बैठक बसेको हो ।

एमालेले आजै पार्टीको तर्फबाट सरकारमा पठाइने मन्त्रीहरुको नाम टुंगो लगाउने जनाएको छ । बिहीबार मात्रै एमाले र माओवादीबिच मन्त्रालयको भागबण्डा मिलेको छ ।

एमाले र माओवादीले सोही सहमतिका आधारमा एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय राख्ने सहमति भएको थियो । एमालेले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री पठाउनका लागि मन्त्री छनोट गर्ने भन्दै बैठक बोलाएको हो ।