एमालेमा जान नमान्दा माओवादी केन्द्रका तीन नेता ‘कारवाही’ मा

एमालेमा जान नमान्दा माओवादी केन्द्रका तीन नेता ‘कारवाही’ मा


एमाले–माओवादीबीच भएको पार्टी एकतालाई अस्वीकार गर्न माओवादी केन्द्रका तीन नेता कारवाहीमा परेका छन् ।

पार्टी सिद्धान्त र आचरणविपरीत काम गरेको भन्दै माओवादी केन्द्रले केन्द्रीय सचिवालयका सदस्य विश्वभक्त दुलाल ‘आहुति’, लोकेन्द्र विष्ट मगर र गोपाल किताँरीलाई कारबाही गरेको हो ।

माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेसँगै आहुतिले अब आफू माओवादी केन्द्रमा नरहेको बताएका थिए । फागुन ७ मा पार्टी एकताको निर्णय गरेलगत्तै असन्तुष्टि जनाउँदै गोपाल किराँतीले माओवादी आन्दोलनको पुनर्गठन गरिएको बताएका थिए ।

नेता लोकेन्द्र विष्ट मगरसमेत पछिल्लो समय माओवादी केन्द्र नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए भने विष्ट जनयुद्ध दिवसको अवसरमा मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वको माओवादीको कार्यक्रममा सहभागी भएका थिए ।

यसैवीच माओवादी केन्द्रबाट निस्कासन गरिएका नेता गोपाल किराँतीले आफूलाई कारवाही गरेकोमा पार्टी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका छन् ।

उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गठनको आह्वान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ ।’

एकपटक पनि सुनुवाइको मौका नदिइ कारवाहीको निर्णय गर्नुलाई उनले एकमनावादको पराकाष्ठा भनेका छन् ।

‘उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो,’ किरातीले भनेका छन्, ‘माओवादी केन्द्र पुनर्गठन गर्नुपर्ने कारणबारे एकपटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप समेत हो ।’
कारवाहीमा परेपछि किराँतीको प्रतिक्रिया….