कांग्रेस संसदीय दलको बैठक बस्दै, विधान र नेता चयनबारे छलफल हुने

कांग्रेस संसदीय दलको बैठक बस्दै, विधान र नेता चयनबारे छलफल हुने


अहिले विहान ९ बजेदेखि सिंहदरवारमा नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । बैठक संसदीय दलको नेता चयनलगायत विषयमा छलफलका लागि बसेको हो ।

बैठकमा पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित सदस्यहरुलाई बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार दलको नेता चयन गर्न प्रक्रिया सुरु गर्ने तयारी भएसँगै शनिबार बैठ्क बोलाएको बताए ।

‘संसदीय दलको नेता चयन, विधान संशोधन बैठकको मुख्य एजेण्डा रहेको छ ।’ प्रवक्ता शर्माले भने, ‘अघिल्लो विधानले राष्ट्रियसभा नचिनेकाले विधान संशोधन गर्नुपर्ने आवश्यकता छ ।’ कांग्रेसको प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभाका १३ गरी ७६ सांसद् रहेका छन् ।

यसैबिच कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँगै महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दावी गर्दै आएका छन् ।