प्रदेश नं. ६ अब ‘कर्णाली प्रदेश’, राजधानी सुर्खेत

प्रदेश नं. ६ अब ‘कर्णाली प्रदेश’, राजधानी सुर्खेत


अन्ततः प्रदेश नं ६ को राजधानीको नामाकरण कर्णाली प्रदेश भएको छ ।

प्रदेशसभाको चौथो बैठकले बहुमतका साथ प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो ।

अबदेखि कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेतको विरेन्द्रनगरमा रहने भएको हो ।

प्रदेश सभा बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्नुपर्ने सहितको धारणा र प्रस्ताव राखेपछि विपक्षी दल दलका नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेतको विरेन्द्रनगर बनाउने प्रस्ताव राखेपछि उक्त प्रस्ताव दुईतिहाइले पारित भएको हो ।

प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई संविधानले नै दिएको छ ।