महिला पत्रकार सम्मानित

महिला पत्रकार सम्मानित


अशक्तताका बाबजुद पनि पत्रकारिता क्षेत्रमा दुई दशक लामो पत्रकारिता गर्दै आएकी महिला पत्रकार प्रवीणा गोलेलाई आदिवासी जनजाति पत्रकार महांघले शनिबार सम्मान गरेको छ ।

एक सय आठौँ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोद्धा तिमिल्सिनाले उहाँलाई सम्मान गरेका हुन् ।

स्वास्थ्यका कारण प्रवीणा उपस्थित हुन नसकेकाले उक्त सम्मान उनकी दिदीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा लामो समय पत्रकारिता गरेकी महिला आदिवासी पत्रकार अनिता महर्जन तथा मोफसलका पत्रकार लोकसरी कुँवरलाई पनि सम्मान गरियो ।

सो अवसरमा आयुक्त तिमिल्सिनाले ‘मिसापिनी सुविधा सूचं’ नामक नेपाल भाषाको पुस्तक पनि विमोचन गरिन् । राससका अनुसार उनले पत्रकारले सत्यतथ्यमा आधारित पत्रकारिता गर्नुपर्ने उल्लेख गर्दै समयको परिवर्तनसँगै महिला पत्रकारमा चुनौती थपिएको चर्चा गरिन् ।