विधान अनुमोदनका लागि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

विधान अनुमोदनका लागि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै


पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजेपछि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैं छ । आज आइतबार बस्ने भनिएको बैठकले विधानलाई अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।

शनिबार सिंहदरबवारमा बसेको संसदीय दलको बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको र अनुमोदनका लागि आज पुनः बैठक बस्न लागेको हो ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रियाको बाटो खुल्ने जानकारी दिए । ‘बैठकले कांग्रेस नेता मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरेको थियो ।’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘अब संसदीय दलको नेता चुन्नका लागि सजिलो भएको छ ।’

यता, पार्टीको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा आफै कस्सिएका छन् भने देउवालाई संसदीय दलको नेता हुन नदिने र आफैं उनिसँग चुनाव लड्ने भन्दै पूर्वमहामन्त्री प्रकाशमान सिंह अघि सरेका छन् । ‘महामन्त्री डा. शशांक कोइराला संसदीय दलको नेतामा सर्वसम्मत भएमा स्वीकार गर्छु तर देउवाले दावी गरे उनैसँग चुनाव लड्छु ।’

यता, डा. कोइरालाले देउवासँग चुनाव लड्नुपर्ने अवस्था आए सिंहलाई अघि सार्ने तयारी गरेको बुझिएको छ ।