महिला राष्ट्रिय क्रिकेट : उपाधिको लागि पूर्वाञ्चल र एपीएफ भिड्ने

महिला राष्ट्रिय क्रिकेट : उपाधिको लागि पूर्वाञ्चल र एपीएफ भिड्ने


प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि पूर्वाञ्चल र एपीएफ भिड्ने भएका छन् । दुवै टीमले सेमीफाइनलमा जित निकाल्दै उपाधिनजिक पगेका हन् । पूर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रन र विभागीय टोली एपीएफले घरेलु टोली सुदुरपश्चिमलाई ८१ रनले पराजीत गरेपछि फाइनलमा भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमीफाइनलको पहिलो खेलमा पूर्वाञ्चलले मध्यमाञ्चनलाई ५३ रनको फराकिलो जित निकाल्दै फाईनलमा स्थान सुरक्षित पारेको हो । टस जितेर व्याटिङ गरेको पूर्वाञ्चलले काजोल श्रेष्ठको अविजीत ५५ रनको योगदानले २० ओभरमा २ विकेट गुमाउदै १ सय १९ रन बनाएको थियो । पुर्वाञ्चलका लागि अप्सरी बेगमले ३२ र कप्तान रुवीना क्षेत्रीले अविजीत रहदै १४ रन बनाएका थिए । काजोल र अप्सरी विच तेश्रो विकेटका लागी ८६ रनको साझेदारी भएको थियो ।

१ सय २० रनको विजयी लक्ष्य सहित मैदा उत्रिएको मध्यमाञ्चलले २० ओभवरमा सबै विकेट गुमाउदै ६६ रन मात्रै बनाउन सफल भयो । मध्यमाञ्चलका लागि कञ्चन श्रेष्ठले २१ र सिता श्रेष्ठले १७ रन बनाएकि थिइन् । पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले ४ ओभरमा एक मेडन राख्दै ६ रन दिएर ३ विकेट लिईन् । सब्नव राई, सन्तोषी चौधरी र संगिता राईले समान १-१ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच पुर्वाञ्चलकी काजोल श्रेष्ठ भईन् ।

दोश्रो सेमीफाईनलमा विभागीय टोली एपीएफ सुदुररपश्चिमलाई ८१ रनले पराजीत गर्दै उपाधि नजिक पुगेको हो । टस हारेर व्याटिङको निम्तो पाएको एपीएफले २० ओभरमा ४ विकेटको क्षतीमा १ सय ३१ रन बनाएको थियो । एपीएफका लागी सिता रानामगरले ५१, सरीता मगरले ३७ र ज्योती पाण्डेयले १८ रन बनाएकि थिइन् । ज्योती र सिता विच पहिलो विकेटका लागी ६१ रनको साझेदारी गरे भने पिसता र सरिताबीच दोश्रो विकेटका लागी ४० रनको साझेदारी भएको थियो । सुदुरपश्चिमका लागी सुमन विष्ट, लक्ष्मी साउद र निशा भट्टले समान १/१ विकेट लिईन् ।

१ सय ३२ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको सुदुरपश्चिम १९ ओभरमा सबै विकेट गुमाएर ५१ रन मात्रै बनाउनसक्यो । सुदुरपश्चिमका लागि निशा भट्टले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफकी सिता मगर, करुण भण्डारीले समान ३÷३ विकेट लिए भने अन्जली चन्दले २ तथा सिता रानामगरले १ विकेट लिइन् । खेलको प्लेयर अफ द म्याच सिता राना मगर भइन् । फाईनल खेल फाप्ला क्रिकेट मैदानमा हुने छ ।

– सीताराम ओझा, धनगढी