नेपाल विद्यार्थी संघ आबद्ध नेता, कार्यकर्ताले कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्न माग गरेका छन् । उनीहरुले आज केन्द्रीय कार्यालयमा धर्ना दिँदै यस्तो माग गरेका हुन् ।
झन्डा, ब्यानरसहित बिहान करिब ९ बजे सानेपा कांग्रेस कार्यालय पुगेका नेवि संघका कार्यकर्ताले मूलढोकामा धर्ना दिँदै नाराबाजी समेत गरे ।
त्यस क्रममा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन पुगेका सभापति देउवालाई उनीहरुले पार्टीभित्रको गुटबन्दी अन्त्यको माग गर्दै चस्मा उपहार दिएका थिए ।
धर्नामा महामन्त्री कुन्दनराज काफ्ले र सिटौला समूहका विद्यार्थी रहेका छन् । विद्यार्थीले सांकेतिक रुपमा आँखामा कालो चस्मा लगाएर विरोध जनाए ।
कांग्रेसको आँखा बन्द भएकोले सांकेतिक रुपमा कालो चश्मा लगाएको उनीहरुको भनाई छ। केन्द्रीय समितिको बैठक बस्नुअघि उनीहरुले धर्ना दिएका हुन् ।
प्रतिक्रिया