संसदीय दलको नेता छान्न चीनकाजीको संयोजकत्वमा निर्वाचन समिति

संसदीय दलको नेता छान्न चीनकाजीको संयोजकत्वमा निर्वाचन समिति


कांग्रेसमा संसदीय दलको नेता छान्न चीनकाजी श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ‘कांग्रेस संसदीय दलको विधान २०७४’ अनुमोदन गर्नुका साथै संसदीय दलको चुनाव गर्नका लागि चीनकाजी श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिका सदस्यमा केन्दीय सदस्यद्वय नवीन्दराज जोशी र भीष्मराज आङदम्बे सदस्य छन् । आजको बैठकमा नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमको पनि औपचारिक रुपमा विरोध गरेको बताइएको छ ।