निरुको प्रतिभाको अर्को पाटो उजागर

निरुको प्रतिभाको अर्को पाटो उजागर


सञ्चारकर्मीको रूपमा पहिचान बनाएकी निरु त्रिपाठी ‘देव–ललिता’को प्रतिभाको अर्को पाटो उजागर भएको छ । पछिल्ला वर्ष अस्ट्रेलियालाई कर्मभूमि बनाएर साहित्य सिर्जनादेखि समसमायिक विषयवस्तुमा तिख्खर कलम चलाउँदै आएकी निरुका मर्मस्पर्शी शब्दले सजिएको म्युजिक भिडियो यतिबेला निकै चर्चामा छ ।

‘कोरेर मिठा भावहरू मेटाउन नखोज है, बटुलेर विश्वासहरू टुटाउन नखोज है, जानु नै छ भने टाढा नआउ मेरो समीपमा…’ बोलको निरुका शब्दमा प्रतिभाशाली एवम् नवोदित गायक निशान भट्टराईले आफ्नो सुमधुर आवाज दिएका छन् । हालै सम्पन्न नेपाल आइडलमा फस्र्ट रनर अप रहेका निशानको कर्णप्रिय आवाजका कारण सर्वप्रिय बन्दै गएको उक्त म्युजिक भिडियोमा सुन्दरी निरु स्वयम्का साथ अभिनेता राजन खतिवडाको जीवन्त अभिनय रहेबाट यसमा थप ज्यान भरिएको छ ।

सङ्गीतकार बीपी वाग्लेको सङ्गीत रहेको यस गीतको म्यूजिक भिडियोको निर्देशन नवीन भट्टले, सम्पादन सन्तोष भरद्वाजले र छायाङ्कन राजन लामाले गरेका हुन् । निरुको यो पहिलो म्युजिक भिडियो हो ।