प्रदेश ५ मा विशिष्ट व्यक्तिहरूको निवास तय गरिएको छ । प्रदेश ५ मा मन्त्रालय व्यवस्थापनसँगै विशिष्ट व्यक्तिहरूको निवास व्यवस्थापनको तय गरिएको हो ।
मुख्यमन्त्री शंकर पोखरेलको निवास राजस्व अनुसन्धानको पश्चिमाञ्चल कार्यालय रहेको भवनमा व्यवस्थापन गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी सहित अब बन्ने मन्त्रीहरुका लागि भैरहवामा रहेको भूमिगत जल परियोजनाको भवनलाई उपयोग गरिएको छ ।
उपसभामुख कृष्णी चौधरीको आवास समेत त्यही हुने छ । प्रदेश राजधानी रुपन्देही भएकाले जिल्ला समेट्नेगरी बुटवलमा मन्त्रालय र भैरहवामा मन्त्री निवास राखीएको सरकारका प्रवक्ता समेत सरको मन्त्री चौधरीले बताए ।
सभामुख पूर्ण घर्तीको निवास भने सीप विकास केन्द्रको भवन टुंगो लागेको छ । यो भवन यसअघि प्रदेश प्रमुखको आवासका लागि प्रस्ताव गरिएको थियो । प्रदेश प्रमुख उमाकान्त झाका लागि भने कार्यालय र आवास दुवै हुने गरी उच्च अदालत तुल्सीपुरको बुटवल मुकाम कार्यालयको भवन प्रस्ताव गरिएको छ ।
प्रदेश सभा कार्यालय साघुँरो भएपछि संसदीय समितिका लागि नजिकका घरहरु प्रयोगमा ल्याइने भएको छ । प्रदेश सभा कार्यालय रहेको बुटवल उद्योग वाणिज्य संघको भवन नजिकै रहेका पेट्रोलियम डिलर्स एसोसिएसन र मानवधर्मका भवनलाई प्रयोगमा ल्याउने तयारी भएको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली संयोजक रहेको व्यवस्थापन समितिले ती कार्यालयलाई पत्राचार गरीसकेको छ ।
प्रतिक्रिया