बादल गृहमन्त्री बन्ने निश्चित

बादल गृहमन्त्री बन्ने निश्चित


माओवादीका तर्फबाट रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने निश्चित जस्तै भएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा माओबादीले बर्षमान पुनलाई रोकेर बादललाई पठाउन लागेको हो ।

सरकार बिस्तारका लागि सोमाबार बालुवाटार पुगेका माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाइसकेका छन् । बालुवाटार स्रोतका अनुसार माओवादीले पुनलाई शक्तिशाली मन्त्रालय दिने शर्तमा बादललाई गृहमन्त्री दिएको हो ।

प्रचण्ड नेतृत्वको पहिलो सरकारमा बादल रक्षामन्त्री थिए । उनी माओवादीमा तेस्रो वरियताका नेता हुन् ।