रेशम चौधरीद्वारा आत्मसमर्पण

रेशम चौधरीद्वारा आत्मसमर्पण


बहुचर्चित टीकापुर घटनामा नेतृत्वदायी भूमिकामा संलग्न रहेको अभियोगमा प्रहरीको खोजीसूचीमा रहेका रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । राजपाका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरीले आज जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेको बुझिएको छ ।

ज्ञातव्य छ, आगामी २० गते संघीय प्रतिनिधिसभाका सदस्यहरुलाई सपथ ग्रहण गराइने कार्यक्रम तय गरिएको छ । सम्भवतः सपथमा सरिक हुने उपायको खोजीमा अभियुक्त चौधरीले आत्मसमर्पण गरेका हुन् ।