रेशम चौधरीको बयान जारी, हिरासत पठाइने सम्भावना

रेशम चौधरीको बयान जारी, हिरासत पठाइने सम्भावना


कैलालीको जिल्ला अदालतमा आज आत्मसमर्पण गरेका टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको यतिबेला अदालतमा बयान लिने कार्य भइरहेको बुझिएको छ । आफूलाई निकै ‘स्मार्ट’ ठान्ने र सोहीअनुसार व्यवहार एवम् भावभङ्गिमा प्रस्तुत गर्ने स्वभावका चौधरीले बयानका क्रममा आफूलाई निर्दोष सावित गर्ने भरमग्दूर प्रयत्न गरिरहेको सुत्रले जनाएको छ ।

रेशम चौधरीले आफूकैलाली घटनाको दोषी नभई एक पीडित भएको तर्क गरेर अदालतलाई नै गुमराहमा पार्ने कोशिस गरिरहेका छन् । घटनापछि फरार रहँदै आएका उनले भूमिगत स्थलबाट विभिन्न मिडियामा फोन सम्पर्क गरी यस्तै जिकीर गर्दै आएका थिए । चौधरीको बयान जारी छ भने बयानपछि उनलाई हिरासतमा लगिने सम्भावना प्रवल रहेको बताइएको छ ।

यो पनि हेर्नुहोस् –

रेशम चौधरीद्वारा आत्मसमर्पण

https://ghatanarabichar.com/91252