लागुऔषध कारोबार गर्ने थलो बन्यो अस्पताल परिसर

लागुऔषध कारोबार गर्ने थलो बन्यो अस्पताल परिसर


भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोवार हुने गरेको तथ्य सार्वजनिक भएको छ । अस्पतालको चौरमा लागुपदार्थ दुर्व्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गर्दा ६ जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो खुलासा भएको हो ।

लागुऔषध कारोबारमा पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नं ६ बस्ने ३० वर्षीय आशिष कार्की, सिन्धुपाल्चोक साँगाचोक नगरपालिका वडा नं ९ बस्ने ३० वर्षीय रमेशबहादुर खत्री, सिन्धुपाल्चोककै भोटसिपा– ३ बस्ने ३९ वर्षीय धन भनिने दीपक श्रेष्ठ, खोटाङ फेदी– १ बस्ने २२ वर्षीय दौलत राई, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नं ५ बस्ने २४ वर्षीय सुमन तामाङ र भक्तपुर नगरपालिका वडा नं ६ बस्ने २४ वर्षीय विकेश पहरी रहेक छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंका अनुसार अभियुक्तहरुका साथबाट फेनरगान २१ थान तथा डाइजेल्याब र नुफिन १९–१९ थान बरामद गरेको छ ।

भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित सिद्धपोखरी, आसपासका क्षेत्र र भक्तपुर अस्पतालको चौरलाई लागुपदार्थ कारोवारीले प्रयोग गर्दै आएको सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।