फागुपूर्णिमाअघि नै सिड्नीवासीले मनाए होली

फागुपूर्णिमाअघि नै सिड्नीवासीले मनाए होली


राजन घिमिरे, सिड्नी

हिन्दु परम्परा तथा मान्यताअनुसार त फागुपूर्णिमा नेपालमा आगामी शुक्रबार र तराई क्षेत्रमा शनिबार मात्रै मनाइने छ । तर, अष्ट्रेलियामा रहेका नेपालीहरूले भने फागूपूर्णिमा अर्थात होली शनिबारबाटै मनाउन शुरू गरिसकेका छन् ।

त्यसो त प्रवासी जीवनको ब्यस्तता र समयको अभावका कारण पनि प्रवासी नेपालीहरूले भनेको समयमा चाडबाड पनि मनाउन पाउँदैनन् भन्ने कुराको गतिलो उदाहरण पनि हो यो । जे भए पनि प्रािसमा रहेका नेपालीहरूले आफ्नो कला र संस्कृतिलाई भने निरन्तरता दिइरहेका छन् । यो पनि स्वागतयोग्य कुरा हो ।

यसैबीच शनिबार सिड्नीवासीहले निकै उल्लासका साथ होली मनाएका छन् । यसपटकको होलीको आकर्षण नेपालबाट आएका कलाकारहरू बनेका थिए । एक्सपर्ट एजुकेशन होली नाम दिइएको उक्त होलीमा नेपालबाट गायक दिपक बज्राचार्य, गायिका इन्दिरा जोशी, कार्टुन क्रुज र गिरिसको साथै सिड्नीमै रहेका कलाकार सुदिन पोखरेलको साथमा स्थानीय कलाकारहरूले उत्कष्ट मनोरन्जन प्रदान गरेका थिए । यी एघारजना कलाकारहलाई एकैपटक अष्ट्रेलिया उतार्ने कार्यमा भिसा पार्टनरको रूपमा गजबकै काम गरेको थियो एस पिपुल स्टडिले । ‘प्रवासमा रहेका नेपालीहरूका मनोरन्जनको लागि हाम्रो सहभागिता हो यो,’ एस पिपुल स्टडिका रोशन भट्टराईले बताए ।

प्रवासमा नेपाली चाडबाड र रीतिरिवाजलाई सम्झनामा राख्न आयोजना गरिने यस प्रकारको कार्यक्रमले प्रवासमा रहेका नेपालीहरू बीच भाइचारा बढ्ने र आपसी सम्बन्ध गाढा हुनेमा विश्वस्त रहन सकिन्छ ।