बिरौटामा नेपाल क्रेडिट एण्ड कमर्स बैंक

बिरौटामा नेपाल क्रेडिट एण्ड कमर्स बैंक


नेपाल क्रेडिट एण्ड कर्स बैंक लि.को कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका–१७, बिरौटामा सञ्चालित शाखा कार्यालयको पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जी.सीले एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरेका छन् ।

सो अवसरमा जि.सीले विधि विधानलाई आत्मसात गरी बैंक सफल हुने हुँदा एनसीसी बैंकले पनि सोही कुरा अवलम्बन गरी अगाडी बढ्न शुभकामाना व्यक्त गरे । उक्त अवसरमा सोही महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पनि बैंकको प्रगतिको लागि शुभकामना मन्तब्य दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुरेश श्रेष्ठ, पोखरा लेखनाथ महानगरपालिका कार्यपालिका सदस्य ओमप्रसाद गौचनले समेत शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय प्रमुख, नेपाल राष्ट्र बैंकका निर्देशक पोमनाथ गौतमले आफ्ना सान्दर्भिक विचारहरु राख्दै यस शाखाले उत्तरोत्तर प्रगति गरोस भन्ने कामना गरे ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले कृषि र पर्यटन उद्योगमा हुने लगानीलाई जोड दिने, गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धताका साथै आगन्तुक सम्पूर्ण अतिथिहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रमका अध्यक्ष एवं एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यस क्षेत्रका वासिन्दा, जन प्रतिनिधि र समस्त उद्योग व्यवसायीको सहयोग र शुभेच्छा आवश्यक रहेको र बैंकले पनि वित्तीय अनुशासन भित्र रही उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने विचार व्यक्त गरे ।