ओभरलोड भारतीय ट्रकमाथि कारवाही तिव्र

ओभरलोड भारतीय ट्रकमाथि कारवाही तिव्र


सवारी साधनको क्षमताभन्दा अत्यधिक भार बोकी कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय मालबाहक सवारी साधन (ट्रक)माथि कपिलबस्तु ट्राफिक प्रहरीले कारवाही तिव्र बनाएको छ । निकै पहिलेदेखि नै ओभरलोड नियन्त्रणका लागि सक्रिय रुपमा काम गरिरहेको कपिलबस्तु ट्राफिक प्रहरीले भारतीय सवारी साधनले ल्याएको अत्यधिक भारलाई भारमिलान गरी जरिवाना समेत गर्न थालेको, तौलपूर्जि अनिबार्य गरेपछि उनीहरुले भारतीय तौलपूलमा जोखेकोे तौलपूर्जी ल्याउने गरेको र त्यसमा सवारीको भारबहन क्षमता अनुसारकै तौल भेटिएपछि ओभरलोड नियन्त्रण भएको छ भन्ने विश्वासमा ट्राफिक प्रहरी रहेको थियो ।