नेपाल इन्भेष्टमेन्ट बैंकको एकै दिन खुल्यो तीन शाखा

नेपाल इन्भेष्टमेन्ट बैंकको एकै दिन खुल्यो तीन शाखा


नेपाल इन्भेष्टमेन्ट बैंकले एकै दिन आफ्ना तीनवटा शाखा विस्तार गरेको छ । पर्वतको जलजला गाउँपालिका, बैतडीको सुर्नया गाउँपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउँपालिकास्थित तिवारी भन्ज्याङमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ । यीसँगै अब बैंकको शाखा संख्या ६६ वटा पुगेको जनाइएको छ ।

ग्रामीण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तार गरेको बैंकले जनाएको छ । रु १० अर्ब ६२ करोड चुक्तापूँजी रहेको सो बैंकको निक्षेप रु एक खर्ब ३० अर्ब तथा कूल कर्जा लगानी रु एक खर्ब १४ अर्ब रहेको छ ।