‘फागुपूर्णिमाले सम्पूर्ण नेपालीमा उत्साह र उमंग ल्याओस्’ –प्रधानमन्त्री

‘फागुपूर्णिमाले सम्पूर्ण नेपालीमा उत्साह र उमंग ल्याओस्’ –प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश दिँदै होली पर्वले नेपालीबीच सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ – ‘फागुपूर्णिमाले सम्पूर्ण नेपालीमा उत्साह, उमंग ल्याओस् । सम्पूर्ण नेपालीमा हौसला प्रदान गरोस् । सबै समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्टता अभिवृद्धि गर्न सहयोग पु¥याओस् ।’

शुभकामना सन्देशमा उनले होली पर्वलाई असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रुपमा लिइने पनि उल्लेख गरेका छन् ।