आगामी बैशाख २१ गतेदेखि ‘डमरुको डन्डीबियो’ प्रदर्शनमा आउने भएको छ ।
छेतेन गुरुङ निर्देशित यो फिल्म वैशाख २१ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको विनोद गुरुङले जानकारी दिए ।
बाबु र छोराबीचको सम्बन्ध र द्वन्द्वलाई पस्किन खोजिएको फिल्मको पटकथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । लामिछानेको मुख्य भूमिका रहेको ‘डमरुको डन्डीबियो’ ले आफ्नो प्रदर्शनको मिति तय गरेको हो ।
समृद्धि इन्टरटेनमेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानी रहेको ‘डमरुको डन्डीबियो’ नामक फिल्म प्रितम पाण्डेको सम्पादन रहेको छ भने हरि हुमागाईको छायांकन अनि कालीप्रसाद बासकोटाको संगीत रहेको छ ।
फिल्ममा अनुप बराल, अंकति खड्का मेनुका प्रधान, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, र नमिता घिसिङको पनि अभिनय रहेको बताइएको छ । फिल्मका लगानीकर्ता गुरुङले यसअघि थुप्रै म्यूजिक भिडियोका साथै दर्जनौं गित गाइसकेका छन् ।
हिमाली जिल्ला मनाङको पर्यटन प्रवद्र्धनका लागि अहोरात्र खटिएका गुरुङले आगामी दिनमा मनाङलाई फिल्ममार्फत पनि चिनाउने बताएका छन् ।
प्रतिक्रिया