मालपोत र नापी कार्यालयका कर्मचारीले मदिरा पिएर कार्यालयमा मच्चाए वितण्डा

मालपोत र नापी कार्यालयका कर्मचारीले मदिरा पिएर कार्यालयमा मच्चाए वितण्डा


कैलाली जिल्लास्थित नापी र मालपोत कार्यालयका ६ जना कर्मचारीले दिउँसै कार्यालयमा रक्सी पिएर वितण्डा मच्चाएको समाचार प्राप्त भएको छ । उनिहरुले फागुपुर्णिमाको अवसरमा कार्यालयभित्रै मदिरा सेवन गरेका हुन् ।

काार्यलय परिसरमा बिहीबार मदिरा सेवन गरी मात्तिएर एक आपसमा झगडा गरेको थाहा पाएपछि स्थानियहरुले प्रहररुलाई खबर गरेका थिए । यसरी दिनदहाडै कार्यालयमा मदिरा पिएर वितण्डा मच्चाउनेहरुमा नापी कार्यालय र मालपोत कार्यालयमा कार्यरत कर्मचारी नवीन जोशी, सागर कुँवर, पूर्णानन्द भट्ट, महादेव जोशी, विरेन्द्र सिंह र ज्ञानेन्द्र ओझा रहेका छन् ।

जिल्ला मातपोत कार्यालय कैलालीको परिसरमा दिउँसै मदिरा पिएर आपसमा विवाद गर्न थालेपछि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई बियरका बोत्तलसहित वडा प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैललाीमा बुझाएको हो ।

कार्यालयमै मदिरा सेवन गरी होहल्ला गर्न थालेपछि स्थानीयले वडा प्रहरी कार्यालय कैलालीलाई खवर गरेका थिए । एक आपसमा विवाद बढेपछि उनिहरुबीच कुटाकुट समेत भएको बुझिएको छ । घाइते भएका ६ जनालाई वडा प्रहरी कार्यालयले उपचारका लागि सेती अञ्चल अस्पताल पु¥याएको थियो । पक्राउ परेकामध्ये पूर्णानन्द भट्टको बाँया हात टुटेकाले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रक्सी पिएर लट्ठ भएका कर्मचारीहरुबीच आपसमा विवाद र सामान्य हातपातसमेत भएका कारण हात टुटेको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।