काठमाडौंले प्रथम बेलमन्ट राष्ट्रव्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ । १९ स्पर्धा समावेश प्रतियोगितामा काठमाडौंले सर्वाधिक १३ स्वर्ण जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।
सामाखुशी टाउन प्लानिङस्थित बेलमन्ट इन्टरनेसनल स्कुलद्वारा आयोजित प्रतियोगितामा धादिङ ४ स्वर्ण हात पार्दै दोश्रो र भक्तपुरले २ स्वर्ण प्राप्त गर्दै तेश्रो भएको थियो ।
प्रतियोगितामा विशांक राना मगर र साहारा लामाले दोहोरो स्वर्ण जितेका थिए । एकदिने प्रतियोगितामा १ सय ८५ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक विवश घिमिरेले जनाएका छन् ।
प्रतिक्रिया