बंगलादेशमा भएको बीकेएसपी कप जुडो प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ । नेपाल ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बनेको नेपाल जुडो संघका कार्यालय सचिव एवं टिम व्यवस्थापक ईश्वर रेग्मीले जनाएका छन् । प्रतियोतिगामा भारतले दोश्रो स्थान हात पारेको थियो ।
प्रतियोगिताको अन्तिम दिन महिला ४४ केजीमुनि सोनिया भट्ट तथा पुरुष ५० केजीमुनि सुबोध मण्डल र ५५ केजीमुनि उत्तम प्रधान श्रेष्ठले नेपाललाई रजत र महिला ५२ केजीमुनि अन्जु पाण्डेले कांस्य जितेका थिए ।
प्रतियोगिताको पहिलो दिन महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान तथा पुरुष ६० केजीमुनि रोशनबहादुर दोङ, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ७३ केजीमुनि सुमन श्रेष्ठले स्वर्ण जितेका थिए । महिला ६३ केजीमुनि निर्मला भर्ती मगरले कांस्य जितेकी थिइन् ।
प्रतिक्रिया