दीपकलाई सहायक मुख्य-प्रशिक्षकको जिम्मेवारी

दीपकलाई सहायक मुख्य-प्रशिक्षकको जिम्मेवारी


करातेका प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदले सहायक मुख्य प्रशक्षिकको जिम्मेवारी प्रदान गरेको छ ।

२०५२ सालमा सहायक प्रशिक्षकको रुपमा राखेपमा प्रवेश गरेका कराते राष्ट्रिय टिम तयारीको समेत प्रशिक्षक रहेका श्रेष्ठलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरी सदस्य सचिवस्तरीय निर्णयानुसार मिति २०७४/११/१५ गते देखि लागु हुने गरि उक्त जिम्मेवारी प्रदान गरिएको तालिम तथा प्रशिक्षण बिभाग प्रमुख रिम बहादुर रानाभाटद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ ।