अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व संकलनलाई व्यवस्थित बनाएर अर्थतन्त्र बलियो बनाइने दावी गरेका छन् ।
नवनियुक्त अर्थमन्त्री युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई दिगो र बलियो बनाउने जिम्मेवारी आफ्नो बाँधमा आएको बताएका छन् । धारासायी अवस्थामा पुगेको अर्थतन्त्रलाई सुधार नगरिए मुलुक संकटमा पुग्ने बताउँदै मन्त्री खतिवडाले अर्थतन्त्रमा सुधार आवश्यक रहेको बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले मुलुकमा स्थायी सरकार आएकोले जनताले पनि दिगो अर्थतन्त्र खोजेको भन्दै राजस्व संकलन, लगानीमैत्री वातावरण र पूर्बाधार विकास सरकारको प्राथामिकतामा रहने जानकारी दिए । मुलुकले विभिन्न राजनीतिक चरणहरु पार गरेपनि अर्थतन्त्रमा फड्को मार्न नसकेको भन्दै उनले आफ्नै पालामा दिगो अर्थतन्त्रको अनुभूति दिलाउने समेत प्रतिवद्धता जनाए ।
राजस्वको स्रोत फराकिलो नहुन्ु, निजी क्षेत्रलाई समन्वय नगरिनु र तरलता ब्यवस्थापनमा ध्यान नदिएका कारण मुलुकको अर्थतन्त्रमा समस्या पैदा भएको अर्थमन्त्री खतिवडाको तर्क रहेको छ । निजी क्षेत्र र विदेशी लगानीलाई आकर्षित गर्न आफ्नो कार्यकालमा बिषेश काम हुने उनको भनाइ रहेको छ ।
प्रतिक्रिया