‘अदिवासी महिला पछि पर्नुमा पितृसत्तात्मक सोच कारक’

‘अदिवासी महिला पछि पर्नुमा पितृसत्तात्मक सोच कारक’


– हेमशंकर सिंह

राजविराज । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद राजविराजको तेश्रो अधिवेशन शनिबार राजविराजमा सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद राजविराजका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षता तथा जिल्ला अध्यक्ष बृजमान तामाङको प्रमुख आतिथ्य र राजविराज नगरपालिकाका उपप्रमुख साधना झाको विशिष्ट आतिथ्यमा एक समारोहका बीच अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बृजमान तामाङले संविधान संशोधन गरी आदिवासीको प्रमुख माग मुद्दा सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिए ।

राजविराज नगरपालिकाका उपप्रमुख साधना झाले नगरपालिकाबाट प्राप्त सुविधा दिने प्रतिबद्धता ब्यक्त गरिन् । पितृसत्तात्मक सोचका कारण अदिवासीसहितका महिलाहरू अझै पछि परेको बताउँदै उत्पीडित समुदायको अधिकार र स्वाभिमानका लागि सधै अग्रसर रहने समेत उनले बताइन् ।

राजविराज नगरपालिका–८ का वडाअध्यक्ष जयनारायण मण्डलले आदिवासी लगायतका पछाडि पारिएका समुदायको क्षमता विकासका लागि लक्षित समुह विकास कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा प्राध्यापक बुलबुल चौधरी, थाकसका नगर सभापथि लालबहादुर चौधरी लगायतकाले शुभकामाना मन्तब्य दिए ।

नेपाल आदिवासी जनजाति महासंघ राजविराजका सचिव अनारकुमारी चौधरीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष भुपेन्द्र मण्डलले स्वागत वक्तव्य दिए ।
यसैबीच शनिबा नैै सम्पन्न बन्दसत्रले अनारकुमारी चौधरीको अध्यक्षतामा २३ सदस्य नगर समन्वय परिषद गठन गरेको छ ।

समितिको महिला उपाध्यक्षमा पुष्पा राई, उपाध्यक्षहरूमा सुरबहादुर मगर, जिबछ मण्डल, सचिवमा भुपेन्द्र मण्डल, महिला सहसचिवमा सविता भुजेल, सहसचिवहरूमा प्रियसी तामाङ, भिमबहादुर आले मगर र कोषाध्यक्षमा भिमबहादुर तामाङ सर्वसम्मत चयन भएका छन् ।

समितिको सदस्यहरूमा चन्द्रबहादुर खवास, रामेश्वर भुजेल, लालबहादुर चौधरी, भोला मण्डल, वीरेन्द्र चौधरी, लक्ष्मी मण्डल, बिष्णु श्रेष्ठ, गंगादेवी दनुवार, हेमलता चौधरी, सरस्वती तामाङ, शान्ता भुजेल, आशा तामाङ, चन्द्रकला चौधरी र विमल तामाङ रहेका छन् ।

सोही अधिवेशनले निबर्तमान अध्यक्ष देवनारायण चौधरी, मेखबहादुर तामाङ, बिन्देश्वर चौधरी बुलबुल चौधरी र प्रेम आले मगरलाई सल्लाहकारमा चयन गरेको अध्यक्ष चौधरीले जानकारी दिइन् ।