नुबेन लिम्बु र शिभाली गुरुङ पाँचौ नेपाल जुनियर लन टेनिस च्याम्पियनशिप प्रतियोगिताको अन्डर–८ को ब्याईज र गल्र्सका विजेता बनेका छन् ।
नुबेनले असभ सम्राट हाडालाई १०–२, १०–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । यस्तै गल्र्स अन्डर–८ मा शिभालीले पनि साम्राज्ञी लामालाई १४–१२, १०–६ को सेटमा पराजित गर्दै विजेता बनेकि हुन् । प्रतियोगिताको पहिलो दिनमा समान दुई–दुई खेल जित्दै नुबेन र शिभाली बिजेता बनेका हुन् ।
ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा भएको अन्डर–१० गल्र्स स्पर्धाको सेमिफाइनलमा प्रसंशाले अड्यालोना पौड्याललाई ६–२, ६–१ सेटमा हराउँदै फाइनल प्रवेश गरेकि छिन । सोही उमेर समूहको अर्को सेमीफाइनलमा जेनी खड्कालाई ६–०, ६–२ ले हराउँदै सुनीरा थापाले फाइनलमा स्थान पक्का गरेकी छिन् ।
यसैगरी अन्डर–९ गल्र्समा शैभी ढकाल र समृद्धि महर्जन फाइनलमा प्रवेश गरेका छन् । शैभीले प्रतिष्ठा लामालाई तथा समृद्धिले ऐशानि बटाजुलाई पराजित गर्दै फाइनलमा प्रबेश गरेक हुन् । यसैगरी ब्वाईज अन्डर –१० स्पर्धाको क्वाटर फाइनलमा सक्षम बिक्रम शाहले समन सिंह बस्नेतलाई तथा आयुष्मान घलेले टेन्सिग गुरुङ्गलाई समान ६–०, ६–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन । सोही उमेर समूहको अर्को क्वाटरफाइनलमा निशाद जोशीले ऋद्धभिक कार्कीलाई ६–१, ६–० तथा राजबीर प्रधानले आर्यम्यमान जोशीलाई ६–०, ६–० ले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
यसैगरी अन्डर–९ ब्वाईज स्पर्धामा निशाद जोशीले हर्षित पन्तलाई तथा र बोरिस अधिकारीले असभ सम्राट हाडालाई समान ४–०, ४–० को सेटमा हराउँदै फाइनलमा प्रवेशका छन् । यस्तै अन्दर–१४ गल्र्स स्पर्धाको शर्भानी श्रेष्ठले आयशा डोल्कर गुरुङलाई ६–१, ६–१ को सेटमा हराउँदै सेमीफाइनल प्रवेश गरिन् ।
यसैगरी प्रणव मानन्धर र आदित्य अग्रवाल अन्दर–१४ स्पर्धाको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । भएको पहिलो चरणको खेलमा प्रणवले श्रीयोग अधिकारीलाई ६–०, ६–० तथा आदित्यले केभीन शाक्यलाई ६–१, ६–२ ले हराए । यस अघि प्रतियोगिताको उद्घघाटन अखिल नेपाल लन टेनिस संघका अध्यक्ष ज्योति राणाले गरेकी थिइन् ।
प्रतिक्रिया