नेपालकी अस्मिता खड्काले मलेसियामा जारी मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिपको महिला ४९ केजीमुनि शनिबार कांस्य जितेकी छन् ।
अस्मिताले पहिलो चरणमा मलेसियाकी खेलाडीलाई ६–४ ले पराजित गरिन् भने अर्को चरणमा अस्ट्रेलियाकी खेलाडीलाई १७–१६ ले हराएको नेपाल तेक्वान्दो संघका सचिव दीपक विष्टले जनाएका छन् । सेमिफाइनलमा अस्मिता मलेसियाकी खेलाडीसंग ९–१३ ले चुकेपछि कांस्यमा सीमित भइन् ।
सचिव विष्टका अुनसार कल्पना चौधरी मलेसिया, भुपेन श्रेष्ठ थाइल्यान्ड र उज्ज्वल गुरागाईं इन्डिोनेसियाका खेलाडीसंग पहिलो चरणमै पराजित भए ।
प्रतिक्रिया