मोटरसाइकल दुुर्घटनामा चालकको मृत्युु

मोटरसाइकल दुुर्घटनामा चालकको मृत्युु


स्थानीय इशनाथ नगरपालिकामा आइतबार राति मोटरसाइकल दुुर्घटना हुुँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्युु भएको छ ।

इशनाथ नगरपालिका–८ जोकहा गाउँमा राति करिब ८ बजे तीव्र गतिका कारण अनियन्त्रित भई बा५४प ४७१० नंको मोटरसाइकल दुुर्घटना भएको थियो । राससका अनुसार दुुर्घटनामा स्थानीयवासी ३० वर्षीय कमोद ठाकुुरको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले बताए ।

मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक दानीले जानकारी दिए । घटनास्थल सदरमुुुकाम गौरबाट २० किलोमिटर पश्चिममा रहेको छ ।