अमेरिकी खेलाडी सम्मानित

अमेरिकी खेलाडी सम्मानित


युएस वल्र्ड क्लास तेक्वान्दो हलिउड स्कुलले गत पुसमा सुनसरीको इटहरीमा भएको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटी) मा सहभागि अमेरिकी खेलाडीलाई सम्मान गरेको छ । अमेरिकाको पोर्टल्यान्डमा भएको कार्यक्रममा आईओएफटीमा स्वयंसेवकका रुपमा सहयोग गर्नेलाई पनि सम्मान गरिएको थियो ।

स्कुलको २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा स्कुलका १३ उत्कृष्ट खेलाडीलाई समेत अवार्ड प्रदान गरिएको थियो । आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जन र महासचिव क्यारेन ब्लायकलेजले उनीहरुलाई सम्मान गरेका हुन् ।