पाकिस्तानी प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज

पाकिस्तानी प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको औपचारिक भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा रात्रिभोज आयोजना गरिएको थियो ।

नेपालको दुईदिने भ्रमणमा सोमबार नेपाल आइपुगेका प्रधानमन्त्री अब्बासीको सम्मानमा साँझ होटल याक एन्ड यतीमा आयोजित रात्रिभोजमा नेपालका पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

यसअघि प्रधानमन्त्री ओली र उनका समकक्षी अब्बासीबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो ।